नेप्सेमा सामान्य अंकले वृद्धि, यी ६ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

काठमाडौं , साउन १७ । नेप्सेमा झिनो अंकले करेक्सन आएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से एक दसमलव २५ अंकले बढेर तीन हजार ८१ दसमलव पाँच बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव २४ अंकले बढेर पाँच सय ७२ दसमलव १५ बिन्दुमा चढेको छ ।

आज दुई सय २६ वटा कम्पनीहरुको एक लाख १७ हजार चार सय ९० पटककको कारोवारमा तीन करोड तीन लाख ४२ हजार तीन सय ५२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणामा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम १२ अर्ब १० करोड ३८ लाख ७१ हजार अठ सय ६२ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ६३ अंकले घटेर दुई हजार ९४ दसमलव १८ बिन्दुमा झर्दा निर्जिवन बीमा, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन् ।

बिकास बैंक समुहको सुचक भने आज १९ दसमलव २७ अंकले बढेर चार हजार नौ सय १० दसमलव ७२ बिन्दुमा चढेकोमा जलबिद्युत, लघुबित्त, ट्रेडिङ, उत्पादनमुलक र लगानी समुहहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सिर्नर्जी हाईड्रो पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर छ सय ६५ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य भने छ दसमलव ९८ प्रतिसतले घटेर १२ रुपैयाँ ९३ पैसामा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

यसैगरी आज नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता तीन सय ८४ रुपैयाँ अन्तिम मुल्यमा ३६ करोड एक लाख ८२ हजार आठ सय २१ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्