ज्योति विकास बैंकको “ज्योति स्मार्ट सेभिङ्ग्स” बचत खाता

काठमाडौं, १७ साउन । ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ।

बैंकले बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधालिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो।

यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निस्शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन शुल्क, निःशुल्क सि(आस्वा,निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, निःशुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन् ।

यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५०५ छुट र धितो रकममा ३०५ छुटको सुविधाहरु पनि रहेका छन्।ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने छ।

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ। ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्