सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं , साउन १८ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफू आबद्ध सबै संस्थाबाट अलग्गिएको घोषणा गरेका छन्।राज्यमन्त्री श्रेष्ठले अंगरक्षकबाहेक राज्यबाट अरू केही पनि सुविधा नलिने घोषणा गरेका हुन्।

सोमबार मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले सरकारी तलब र सुविधा पनि नलिने बताएका छन्।

कानुनी रुपमा नै मन्त्रालयबाहेक अन्य सबै आफू आबद्ध संस्थाबाट अलग रहेको उनको भनाइ छ। यता उनलाई स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै काठमाडौं प्रदर्शन हुनुका साथै चर्को आलोचना पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्