सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

काठमाडौंसाउन १८ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक रुपा परियारको परिवारलाई म्यादी जीवन बीमाबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडसँगको साझेदारीमा इन्स्योरेन्सले दावी रकम भुक्तानी गरेको हो ।

उक्त बित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन नल्का चलाउने क्रम खसेर मृत्यु भएको थियो ।उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन् ।

शुक्रबार नेपालगन्ज ४ बौद्ध मर्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रमबीच बीमाबाट ६ लाख ४३ हजार रकम पाउनु पर्ने भए पनि संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी केन्द्रीय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजनेस अफिसर धोज बहादुर खड्काको समन्वयमा परियारको पति रवि परियारलाई ४ लाख ८४ हजार ६ सय ४९ रुपैयाँ बीमा वापतको चेक हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्