मैलुङ खोला जलविद्युत आयोजनाको आइपिओमा  ३५ गुणा बढी आवेदन

काठमाडौं , साउन १८ । मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन ।

कम्पनीले गत साउन १४ गतेदेखि संस्थाको कर्मचारी, सामुहिक लगानी कोष र सर्वसारणका लागि गरी कुल ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीको उक्त सेयरका लागि आवेदन दिने समय आज सकिँदैछ ।

तर, कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सकिने अन्तिम दिनको अघिल्लो दिनसम्म माग गरे भन्दा ३५ गुणा बढीको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार आइतबार साँझसम्ममा कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयरका लागि कुल १७ लाख ७६ हजार ७ सय ११ जनाले अधिकतम २ करोड ४१ लाख ६३ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको दिएका छन् । यो माग गरेभन्दा ३५.२८ गुणाले बढी हो ।

कम्पनीले गत साउन १४ गतेदेखि निष्काशन गरेको कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक गरेको थियो ।

कम्पनीको सेयर खरिदका लागि छिटोमा आज अर्थात् साउन १८ गते बेलुकासम्म र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ । भने सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको सेयर खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्