नेप्सेमा आज झिनो अंकले सुधार

काठमाडौं , साउन १८ । नेप्सेमा झिनो अंकले सुधार आएको छ । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से चार दसमलव छ अंकले बढेर तीन हजार ८५ दसमलव सात बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव तीन अंकले बढेर पाँच सय ७२ दसमलव ४६ बिन्दुमा चढेको छ ।

दुई सय २६ वटा कम्पनीहरुको एक लाख पाँच हजार पाँच सय ७९ पटकको कारोवारमा दुई करोड १८ लाख ९४ हजार दुई सय नौ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेकाछन् भने आठ वटा समुहको सुचक घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ९१ अंकले बढेर दुई हजार ९६ दसमलव एक बिन्दुमा चढेकोमा फाईनान्स, लघुबित्त, उत्पादनमुलक र लगानी समुहहरुको सुचक पनि बढेकाछन् ।

बिकास बैंक समुहको सुचक भने आज ६१ दसमलव ५१ अंकले घटेर चार हजार आठ सय ५० दसमलव दुई बिन्दुमा झरेकोमा निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, जलबिद्युत, अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा परेको गुराँस लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुई हजार एक सय १५ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर कारोवार भएको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको माउन्टेन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने पाँच दसमलव ६४ प्रतिसतले घटेर पाँच सय ६९ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको भने प्रतिकित्ता पाँच सय ८४ रुपैयाँ अन्तिम मुल्यमा ३७ करोड ७० लाख ६२ हजार चार सय १० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्