पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौं , साउन १९ । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

उनले समाजिक सञ्जालमार्फत आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको जनाएका छन्। उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन्।

ु२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु, उनले लेखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्