चाइनिज पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौँ , साउन १९ । चाइनिज पेस्तोल र म्याग्जीनसहित प्रहरीले दाङको देउखुरीबाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई चाइनिज पेस्तोल, त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेका अनुसार हतियार राखेको सूचनाका आधारमा उनीहरूलाई सोमबार साँझ पक्राउ गरिएको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्