प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं, साउन १९ । प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाकी राजदूत र्७शधवसयान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

जंगी अड्डास्थित प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्