बुद्ध एयरले उडान थप्यो, हप्तामा ५ वटा उडान गर्ने

काठमाडौं, साउन २० । बुद्ध एयरले सुरु गरेको पोखरा–नेपालगञ्ज फ्लाइटमा पर्यटकको आकर्षण बढेको छ । उडान सुरु गरेको एक हप्ता नहुँदै बुद्ध एयरले हप्तामा ५ वटा उडान गर्ने घोषणा गरेको हो ।

आईतबारदेखि हप्तामा तिन उडान गर्ने भन्दै सुरु गरेको एरलान्सले यात्रुको चाँप बढेपछि फ्लाइट संख्या बढाएको हो । अब मंगलवार र शनिवार बाहेक हप्ताको पाँच दिन उडान हुनेछ ।

यसअघि नाट्टा बाँकेले सीता एयरको जहाज चार्टर्ड गरेर पोखरा–नेपालगञ्ज सिधा उडान थालेको थियो । त्यो उडान सफल र आकर्षक भएपछि बुद्धले पनि उडान थालेको हो । बुद्धले यो रुटमा चार हजार ९ सय ३५ देखि सात हजार ६ सय ३५ रुपैयाँ भाडादर तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्