तीज गीत पानी मरुवा-३ “करिम” सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन २० । नेपाली बजारमा तीजका गीत आउन सुरु भइसकेका छन् । अहिले कलाकार गीत बजारमा ल्याउन ब्यस्त छन् ।

कोरोना महामारीले घरभित्रै बसेका कलाकार अहिले भने गीत बजारमा ल्याउन , गाउनमा ब्यस्त हुन थालेका छन् । केहि गीत बजारमा आइसकेका पनि छन् ।

गीत आउने क्रममै  हास्यकलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) को तीज गीत पानी मरुवा-३ “करिम” को भिडियो सार्वजनिक भएको छ।

गीत को शब्द पुरुषोत्तम भणडारी “पुर्खे बा” र गणेश भण्डारीको रहेको छ भने स्वर पुरुषोत्तम भणडारी “पुर्खे बा” , लक्ष्मी तिवारी “तिवारी आमा”, रेनुका भट्टराई ,शान्ता परियार , शर्मिला अर्याल र मुस्कान घिमिरे को रहेको छ।

गीतमा अभिनय पुरुषोत्तम भणडारी “पुर्खे बा” , लक्ष्मी तिवारी “तिवारी आमा”, रेनुका भट्टराई , यम पाण्डे लगायतको अभिनय रहेको छ।

” पुर्खे बा” नामक युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्