सफल भयो झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

काठमाडौं, साउन २० । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको उनको सचिवालयले जानकारी दिएको छ ।

खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो ।

उनको सचिवालयका अन्सुआर नेता खनाल अब केहि समय अस्पतालमै आराम गरेपछि स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्