काठमाडौं उपत्यकामा बढे कोरोना संक्रमित , एकैदिन १ हजार २७९ जनामा संक्रमण

काठमाडौं, साउन २० । केही दिन यता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबार ९हिजो०को भन्दा बढी हो । मंगलबार काठमाडौँ उपत्यकामा ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसहित देशभरी कोरोना संक्रमितको संख्या ४ हजार १०७ थपिएको मन्त्रालयले जनाएको छ ।यस्तै देशभर आज ४ हजार भन्दा बढिको संक्रमण पुष्टि भएको छ भने ३५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्