हितेन्द्रदेव शाक्यले भने- अर्को उपयुक्त जिम्मेवारी दिइए राजीनामा दिन तयार छु

काठमाडौं, साउन २० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा गर्न तयार रहे पनि अरु ठाउँमा विकल्प दिनुपर्ने बताएका छन् । उनले आरोप मात्रै लगाएर पदबाट हटाइए कानुनी प्रक्रियामा जाने पनि उल्लेख गरेका छन् ।

यता प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको भए पनि नभनेकाले काम नगरेको जस्तो देखिएको उनको भनाइ थियो । उनले सरकारबाट राजीनामाका लागि कुनै निर्देशन वा अनुरोध नआएको दाबी पनि गरे ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जामन्त्रीलाई शाक्यको राजीनामा माग्न निर्देशन दिएको सार्वजनिक भएको थियो । सरकारले शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्