चाक्सीबारीमा सुरु भयो पौडेल पक्षको बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं, साउन २१ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफलमा जुटेका छन् ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा। मिनेन्द्र रिजाल सहभागी छन् ।

नेताहरुबीच आगामी १४ औं महाधिवेशन र क्रियाशील सदस्यताको विवाद सम्बन्धमा छलफल भइरहेको प्रकाशमानको सचिवालयले जनाएको छ । क्रियाशील सदस्यताको विवाद समाधान हुन नसक्दा आगामी भदौ १६ गते निर्धारित कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।

पौडेल पक्षका नेताहरुले अनयमित क्रियाशिल सदस्यतामार्फत प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कब्जा गर्न खोजेको आरोप लगाएको छ । पौडेल पक्षले क्रियाशिल सदस्यता विवाद रहेका ठाउँमा पुरानै सदस्यतालाई मान्यता दिएर १४ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्