सांसद विमला वलीले भनिन्– मुख्यमन्त्री निवासमा बन्दक बनाइयो , शौचालयको चप्पल लगाएर त्यहाँबाट भागेँ

काठमाडौं, साउन २१ । लुम्बिनी प्रदेशकी सदस्य विमला कुमारी खत्रीले आफूलाई मुख्यमन्त्री निवासमा बन्दक बनाइएको बताएकी छिन् ।

सांसद खत्रीले बुटवलमा विहिबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री निवासमा बन्दक बनाइएको र जवरजस्ती रुपमा हस्ताक्षर गराइएको बताएकी हुन् ।

उनले एमाले संसदीय दलका नेता भूमेश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले आफुलाई साउन १५ गते जबर्जस्ती तुलसीपुरबाट बुटवल ल्याएको भन्दै साउन १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किन नदिएर निरन्तर दबाब दिइएको बताएकी छन् । सांसद खत्रीले आफुलाईसाउन १९ गते देखि झन् कडाईका साथ मुख्यमन्त्रीको निवासमा राखिएको बताउदै २० गते आफु त्यहाँबाट भागेको बताएकी छन् ।

२० गते बिहान आफूलाई असह्य पीडा भएको र यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपेर ट्वाइलेटको चप्पल लगाएर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको पनि उनले बताइन् ।

उनले आफ्नो दल नेकपा माओवादी केन्द्र नै भएको र आफु त्यसमा नै प्रतिबद्ध रहेको बताउदै राजनीति र सरकारको खेलमा यस्तो घटना घटेको बताएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्