३७ लाखको सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं, साउन २१ ।प्रहरीले करिब आधा किलो सुनसहित विमानस्थल दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान ८ बजे विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद अवस्थामा भेटिएका रिसब महतोलाई रेकी गर्दा प्रहरीले झण्डै आधा किलो सुन बरामद गरेको हो । उक्त सुन भरियामार्फत नेपाल ल्याइएको खुलेको छ ।

बिहीबार बिहान ८ः१० मिनेटमा सिरहाको धनगढीमाई–८ घर भएका रिसब महतो विमानस्थलको आगमनतर्फको पार्किङ एरियामा बसिरहेका थिए । निजको गतिविधि अस्वभाविक देखेपछि निगरानी बढाएको प्रहरीले साउदी अरबबाट आएका यात्रुलाई भरिया बनाई सुन ल्याएको खुल्न आएको हो ।

प्रहरीका अनुसार साउदी अरबबाट जजिरा एयरलाइन्सको उडानमार्फत् काठमाडौं उत्रिएका विभिन्न व्यक्तिलाई भरिया बनाएर सुन ल्याएको पाइएको छ । साउदीबाट काठमाडौं उत्रिएका विभिन्न यात्रुहरुले बाला र औंठी बनाएर ल्याएको र काठमाडौं उत्रिएपछि उनीहरुले महतोलाई दिने बित्तिकै प्रहरीले महतोलाई पक्राउ गरेको हो ।

हरीले महतोको साथबाट ८ थान बाला र २ थान सुनको औंठी बरामद गरेको छ । विदेशबाट आउने नागरिकलाई भरिया बनाएर भन्सार छली गरी सुन ल्याएको भन्दै कुल ४७४ ग्राम सुनसहित महतोलाई प्रहरीले पक्राउ गरेको थियो । हालको मुल्यमा ३७ लाख ३८ हजार ६७५ रुपैयाँको भन्सार छलीको सुनसहित महतो पक्राउ परेपछि महतोको बयानका आधारमा अर्का एक व्यक्तिलार्य पनि पक्राउ गरिएको छ ।

विमानस्थल प्रहरीका अनुसार महतोको बयानका आधारमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ घर भई तिलगंगामा खोटाङ हलेसी गेष्ट हाउस सञ्चालन गरिरहेका ४१ वर्षीय अम्बर चाम्लिङलाई समेत पक्राउ गरिएको छ ।

भन्सार छली गरी भरियामार्फत सुनको अवैध आयातमा चाम्लिङको मुख्य भूमिका देखिएको भन्दै उनीहरुलाई बरामद गरिएको सामानसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । पछिललो समय त्रिभुवन विमानस्थलबाट सुन तस्किरी हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्