कोरोनाबाट आज ३७ जनाको मृत्यु, थप ३ हजार ९३८ जनामा संक्रमण पुष्टि

काठमाडौं , साउन २१ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ४०८ वटा स्वाब नमुनाको परीक्षण गर्दा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेकोे छ ।

यसैगरि पछिल्लो २४ घण्टामा देशभर दुई हजार १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । पछिल्लो समय कोरोनाभाइरस संक्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि हुँदै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्