लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते, पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

काठमाडौं, साउन २१ । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ 9३) बमोजिम साउन २७ गते १ बजे प्रदेश सभा बैठक आह्वान गरेका हुन्।

अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्।

यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्