सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा दुई दिनमा १५ लाख आवेदन

काठमाडौँ , साउन २१ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आइपीओमा दुइ दिनमा झण्डै १५ लाख आवेदकले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार बेलुका पाँच बजेसम्ममा कम्पनीको आइपीओमा १४ लाख ९५ हजार ३८९ जना आवेदकबाट २ करोड ३८ लाख ११ हजार ७१० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।

कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ ।

कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्