पार्टी एकता होस् भन्ने पक्षमा छु : माधव नेपाल, चार बुँदे प्रस्ताव पारित

काठमाडौं, साउन २२ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । उनले अध्यक्ष केपी शर्माओलीले जति गालि गरेपनि आफु पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका हुन् ।

शुक्रबार सम्पन्न नेपाल पक्षको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकता प्रक्रिया चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा पनि अध्यक्ष ओलीले आफ्नो समूहमाथि गालीगलौज गर्ने गरेको बताए ।उनले यस्तो भन्दै ओलीले जति गालि गरेपनि आफुले पार्टी एकता होस् भन्ने चाहेको उनको भनाइ रहेकनो थियो । साथै उनले एकताका लागि आफुनो प्रयन्त जारी रहेको समेत बताए ।

यता एमालेको माधव समूहले चारवटा प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले चारवटा प्रस्ताव पारित गरेको हो । जसमा सर्वोच्च अदालतले संसद पुनःस्थापनाका लागि गरेको फैसलाको स्वागत, पार्टी एकताका लागि भएको १० बुँदे प्रस्ताव र वार्ता चलिरहेका बेला वरिष्ठ नेताहरूमाथि लगाइएका टिप्पणी र लान्छना लगाउने काम अमर्यादित भएको भन्दै बैठकले दुःख व्यक्त गरेको छ ।

साथै त्यस्ता लान्छना लगाउने काम कतैबाट हुन नहुने भन्दै विचार व्यक्त गर्दा सम्पूर्ण पार्टी पंक्ति संयमित र जिम्मेवार हुन जरुरी रहेको भन्दै बैठकले ध्यानाकर्षण गराएको छ । त्यस्तै तेस्रो प्रस्तावमा पार्टी एकताका लागि वार्ता चलिरहेको बेलामा सदस्यता नवीकरण, अधिवेशन संगठन पुनर्गठन जस्ता काम एकतालाई भाँजो हाल्ने भएको भन्दै संगठनात्मक काम रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै चौथो प्रस्तावमा सो समूहले अहिलेसम्म भएका १० बुँदे सहमतिहरूले एकताको आधार निर्माण गरेको भन्दै तिनको कार्यन्वयन गर्दै एकताका लागि थप निर्णय गर्न स्थायी समितिलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्