थप ३७ सय जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३५ हजार नजिक, २५ जनाको मृत्यु

काठमाडौं , साउन २२ । नेपालमा आज देशभर ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ९ हजार ४९३ पीसीआर र ६ हजार १८२ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ४३० र १२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ । जसमध्ये ६ लाख ६५ हजार ५४८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्