प्रभु बैंकले सञ्चालन ल्यायो मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा

काठमाडौं, साउन २२ । प्रभु बैंक लिमिटेडले अब मेशिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब यो सेवा सञ्चालनमा आएसँगै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यता बैंकले अन्त्य गरेको छ ।

शुक्रवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको बताइएको छ ।

मेशिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं। टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मारराख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्टरभौचर प्रिन्ट हुन्छ ।

साथै, उक्त मेशिनबाट डेबिटरक्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । प्रभु बैंक लि। बाट सञ्चालनमा ल्याइएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ ।

नेपाल इलेक्ट्रोलिन्क पेमेन्ट सिस्टम (नेप्स)सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाइने बैंकले जनाएको छ ।

प्रभु बैंकले औपचारिक रुपमा आज देखि सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ । साथै यसबाट ग्राहकहरुको समयको बचत पनि हुने भएको छ । ।

प्रतिक्रिया दिनुहोस्