एक महिनासम्म पनि सकेनन् देउवाले मन्त्रिपरिषद बनाउन

काठमाडौं, साउन २४ । । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद सम्हालेको एक महिना पुग्नै आट्यो । एक महिना हुनैलाग्दा पनि देउवाले मन्त्रिमण्डल गठन गर्न सकेका छ्रनन् । यति मात्रै कहाँ होर , उनले आफ्नै सचिवालय पनि बनाउन नसकेको अवस्था यति बेला छ ।

कोरोना महामारीले दैनिक दर्जनौं नागरिक अनाहकमा मृत्युको मुखमा पुग्दा स्वास्थ्य जस्तो मन्त्रालयमा मन्त्री नियुक्त गर्ने आवश्यकता पनि उनले देखेका छ्रैनन् ।

नियुक्त गरिएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठप्रति उनकै पार्टी कांग्रेस र आमजनमानसबाट तीब्र आलोचना भएपछि गठबन्धनको बैठकमा प्रधानमन्त्री स्वयंले आत्मालोचना गर्नुपरेको छ ।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता केपी ओली नेतृत्वको सरकारलाई अपदस्थ गर्दै एमालेकै माधव नेपाल पक्ष, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र जनमोर्चा नेपालको सहयोगमा प्रधानमन्त्री बनेका देउवाले गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तार गर्न नसेका हुन्

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गरेर पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालत पुगेका १४६ सांसदको निवेदनमा सुनुवाई गर्दै सर्वोच्चको संवैधानिक इजलाशले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सोही आदेशपछि राष्ट्रपति विद्या भण्डारीले असार २९ गतेका दिन देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।गरेकी थिइन् ।

एक महिनामासत्तारुढ गठबन्धनले बल्ल साझा न्यूनतम कार्यक्रम तयार पारेको छ । सेकेण्ड सेकेण्ड जोगाएर महामारीबाट घेरिएका जनताको ज्यान बचाउन र अर्थतन्त्र जोगाउन लाग्नुपर्ने सरकारको अनिर्णय बन्दी हुन नहुने आवाज उठेको छ । तर गति कछुवाको छ । अत्यावश्यक मानिएको मन्त्रिपरिषद विस्तार गर्न नसकेको, स्वास्थ्य मन्त्रालय रिक्त राखी विवादास्पद व्यक्तिलाई राज्यमन्त्री बनाएको, महाकाली नदीमा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा वेपत्ता भएका जयसिंह धामीको बारेमा भारतको ध्यानाकर्षणसम्म नगरेको जस्ता आरोपबाट घेरिनुभएका देउवा अर्कातिर सस्तो प्रचारका कारण आलोचनामा पर्नुभएको छ ।

सोही दिन आफूसँगै नियुक्त भएका चार मन्त्रीबाहेक देउवाले मन्त्रिमण्डल विस्तार गर्नसक्नुभएको छैन । मूलतः गठबन्धन दलका नेताहरुमा एमालेको नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउन भइरहेको जोडले मन्त्रिपरिषद विस्तारमा अलमल भइरहेको नेताहरुले बताएका छन् । ओलीसँग एकताको विषय नटुंग्गिएकाले केही समय पर्खन नेता नेपालले आग्रह गरेकाले ढिलो भएको देउवानिकट कांग्रेस नेताले बताएका छन् ।

अर्कातिर सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र जसपाभित्र मन्त्री बन्न चाहनेको भीडले सकस बढ्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त मुखै फोरेर आफूलाई परेको दबाबबारे बताइसक्नुभएको छ । कांग्रेसमै पनि सम्मानजनक स्थान नपाए सरकारमा नजाने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बताइसकेको छ । जसपामा पनि मन्त्री बनाउने आश्वासनकै कारण अन्तिम समयमा महन्थ ठाकुरको साथ छाडेर उपेन्द्र यादवको पक्षमा आएकाहरु छन् ।

एक महिनामासत्तारुढ गठबन्धनले बल्ल साझा न्यूनतम कार्यक्रम तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्