प्रचण्ड भन्छन्- सरकारले सिन्धुपाल्चोकलाई संकटग्रस्त क्षेत्र घोषणा बाहेक अरु केही गर्न सकेन

काठमाडौं, साउन २४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेको बताएको छन ।

उनले आज बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरुसँगको भेटमा यस्तो बताएका हुन ् । ययसप्रति उनले असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि घोषणा अनुसार कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घोषणा ग¥यो तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु त्यहीँ अनुसार तीब्रताका साथ अगाडी नबढेको उनको भनाइ रहेको थियो ।

साथै अध्यक्ष दाहालले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले नेपालमा प्राकृतिक प्रकोप बढदै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने दावी गर्दै त्यसलाई न्यूनीकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र संघलगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको औंल्याए ।
त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्