कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, २,५४८ संक्रमित थपिए

काठमाडौं, साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा २,५४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा परीक्षण ९ हजार ३३ पीसीआर परीक्षणमा २,१३७ जना र ३,३४५ एन्टिजेन परीक्षणमा ४११ गरी २,५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार २,३९६ जना निको भएका छन् । शनिबार मात्रै कोरोनाबाट १९ जनाले ज्यान गुमाएका थिए भने ३,२१८ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्