सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक , चैतभित्र सबै नागरिकलाई खोप लगाइने

काठमाडौँ, साउन २४ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि सार्वजनिक गरिएको हो ।

सत्तारुढ गठबन्धन गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम आजै शीर्ष नेतासमक्ष पेश गरिएको थियो । सत्ता गठबन्धनले कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ ।

आज सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धनको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले चैत मसान्तसम्म सबैलाई खोप उपलब्ध गराउने बताएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्