सरकारको न्यूनतम साझा कार्यक्रम : प्रदेश र स्थानीय तहलाई संविधान बमोजिम अधिकार सम्पन्न बनाइने

काठमाडौं, साउन २४ । सरकारले प्रदेश र स्थानीय तहलाई संविधान बमोजिम अधिकार सम्पन्न बनाउने नीति लिएको छ। आइतबार सार्वजनिक भएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा विषय उल्लेख छ।

प्रदेश र स्थानीय तहलाई संविधान बमोजिम अधिकार सम्पन्न बनाउन आवश्यक कार्य गर्नेु, आइतबार सिंहदरबारमा साझा न्यूनतम कार्यक्रम वाचन गर्दै कार्यदलका संयोजक पूर्णबहादुर खड्काले भने।

सरकारले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना लागू गर्ने

काठमाडौं, साउन २४ । सरकारले वैदेशिक ऋण मूलत पूर्वाधार निर्माणका क्षेत्रमा उपयोग गर्ने भएको छ । आइतबार सार्वजनिक सरकारको न्युनतम साझा कार्यक्रममा ऋण भुक्तानीलाई पारदर्शी बनाउने समेत जनाइएको छ ।

लघु साना तथा मझौला उद्योगहरुलाई वित्तिय पहुँच, दर्ता सहज र त्यस्ता उद्योगहरुको बजारमा पहुँच बढाउने पनि सरकारको साझा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै सामाजिक रुपान्तरणको क्षेत्रमा श्रमिक तथा गरिव, वञ्चितिकरण र जोखिमयुक्त तथा आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्तिहरुलाई सामाजिक सुरक्षा सुरक्षा प्रदान गर्ने सरकारको कार्यक्रममा छ ।

त्यस्तै सामाजिक सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न एकीकृत राष्ट्रिय समाजिक सुरक्षा संरचना लागु गर्ने सरकारको कार्यक्रम छ ।

 

 

प्रतिक्रिया दिनुहोस्