गुराँस लाइफ इन्स्योरेन्सले गर्याे लाभांश प्रस्ताव

काठमाडौं, २५ सायन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ का लागि लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको हाल कायम चुक्तापुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २३१.५७ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन् ।
बीमा समितिको स्वीकृतिपछि प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्