उपत्यकामा थपिए ९५९ संक्रमित , सक्रिय संक्रमित कति ?

काठमाडौँ , साउन २५ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९५९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी ६२४ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा १७० र ललितपुरमा १६५ संक्रमित थपिएका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकामा अहिले १० हजार ६९५ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ७ हजार ५७५, भक्तपुर जिल्लामा १३६५ र ललितपुर जिल्लामा १७५५ सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार २८८ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार ३८१ जना रहेका छन् भने होम आइसोलेसनमा ३२ हजार ९०७ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ७४१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्