दार्चुला घटनामा सरकारलाई सभामुखको ध्यानाकर्षण

काठमाडौं, साउन २६ । दार्चुला जिल्लामा तुइन काटिएको घटनामा सभामुख अग्नि सापकोटाले सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सापकोटाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेको र जयसिंह धामी बेपत्ता रहेको विषयमा सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिनिधिसभामा पेस गर्नसमेत सभामुख सापकोटाले ध्यानाकर्षण गराएका छन् । ।

प्रतिक्रिया दिनुहोस्