प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न- एमसीसी बारे के हुन्छ, जनता जान्न चाहान्छन् ?

काठमाडौँ , साउन २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे के गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै ओलीले एमसीसी बारे के हुन्छ ?नेपाली जनताले जान्न चाहेकोले सरकारसँग जवाफ मागेका हुन् ।

ओलीले सरकारले न्युनतम साझा कार्यक्रममा एमसीसी बारे उल्लेख नगरेको भन्दै आफैले हस्ताक्षर गरेको एमसीसी पास गर्न किन डराएको भन्दै प्रश्न गरेका छन् ।

सरकारले १६५ सांसदको विश्वासको मत पाएको भन्दै एमसीसी बारे सरकारको धारणा माग गरेका छन् ।

ओलीले कार्यक्रममा साना मसिना विषय समेटिएको भन्दै एमसीसी लगायतका विषयको बारेमा नबोलेको भन्दै तिखो टिप्पणी गरे । एमसीसीको सन्दर्भमा सरकार चुप लागेर सरकारले कस्तो चरित्र देखाउन खोजेको हो भन्दै प्रश्न गरे ।

उनले देउवा तेतृत्वकै सरकारको पालामा हस्ताक्षर भएको एमसीसी सम्झौताको विषयमा प्रधानमन्त्री किन नबोलेको भन्दै प्रश्न गरेका हुन् ।

ओलीेले प्रधानमन्त्री देउवालाई एमसीसी, नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सीमासम्बन्धी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्न आग्रह गरे ।
साथै संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा नेपाली कांग्रेसको अनुहार कतै पनि नभेटिएको उनले बताए

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा नेपाली कांग्रेसको कुनै पनि नीति नसमेटिएको बताए । ‘यो कार्यक्रममा सबै पार्टीको कुरा समेटिएको देखियो,’ उनले प्रश्न गरे , ‘कांग्रेस नेतृत्वको सरकारमा कांग्रेसकै नीति छैन ।’

प्रतिक्रिया दिनुहोस्