उपत्यकामा भदौ ८ सम्म थपियो निषेधाज्ञा, राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौँ , साउन २६ । कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो ।

नयाँ निषेध आदेशमा अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने पर्ने छ । बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो ।

अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने भएका छन् । यसबाहेक अन्य निषेध आदेशरुमा पुरानै आदेशहरुलाई निरन्तरता दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्