कृषि विकास बैंक र नेप्से विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता

काठमाडौँ , साउन २६ । कृषि विकास बैंक र नेप्से विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता भएको छ ।

आवश्यक प्रकृया पुरा गरी नियमानुसार बांडफांड समेत भएको सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको कृषि विकास बैंकको १ हजार अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन गर्ने भएको छ ।

४ प्रतिशत व्याजदर रहेको कृषि ऋणपत्रको सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्ज विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका चन्द्र सिहं साउदले हस्ताक्षर गरेका थिए । सम्झौता पश्चात कृषि विकास बैंकको कृषि ऋणपत्रको दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्