प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता, सदनलाई प्रभावकारी बनाउनेबारे छलफल

काठमाडौं, साउन २६ । प्रधानमन्त्री शेरबहादुर देउवा र र सभामुख अग्‍निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

संघीय संसद्‌ भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेठवार्तामा सदनलाई प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको बताएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय सभामुखज्यूबीच आज संघीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा सदनलाई प्रभावकारी बनाउने, विधेयकहरुलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको जानकारी सभामुखका प्रेस विज्ञ श्रीधर न्यापानेले जानकारीका छन् ।

तत्कालीन ओली सरकारको निर्णय उल्ट्याउँदै सर्वोच्च अदालतबाट असार २८ गते पुनस् स्थापना भएको प्रतिनिधिसभाको मंगलबारसम्म ७ वटा बैठक बसेको छ ।

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्‍न दलका सांसदहरुले बोलेका थिए । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरे । यसैबीच प्रतिनिधि सभाको अर्को बैठक साउन २८ गते दिनको १ बजे बस्ने तय गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्