कोरोनाबाट आज ३५ जनाको मृत्यु, एकैदिन थपिए ४ हजार ९०४ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९ हजार १२३ जनाको परीक्षण गर्दा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ११५ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार २१७ पीसीआर परीक्षण गर्दा ३ हजार १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ९०६ परीक्षण गर्दा १ हजार ७१० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ । हाल सक्रिय संक्रमित ३७ हजार ३३२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्