बढ्दै कोरोना संक्रमणः काठमाडौं उपत्यकामा एकैदिन थपिए १,१८९ संक्रमित

काठमाडौं , साउन २६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १८९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ९१० तथा देशभर ३७ हजार ३३२ पुगेको छ ।

आज देशभर ३३ हजार ९८५ जना होम आइसोलेसनमा, ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा, ७६१ जना आईसीयूमा तथा १७६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्