लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं, साउन २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएका छन् ।

बुधबार प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि नै उनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्