फेरि कोरोना संक्रमितले काठमाडौंका अस्पतालहरु भरिन थाले

काठमाडौं ,,साउन २७ । फेरि नेपालमा कोरोनाका संक्रमित बढ्दै जान थालेका छन् ।

यसरी पुन : कोरोना संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकाका अस्पतालहरु भरिभराउ हुन थालेका छन् । यसअघि बन्द भएका अस्पताल फेरि भरिभराउ हुन थालेका हुन । कोरोना संक्रमितको उपचारको लागि तोकिएका सरकारी अस्पतालका अधिकांश शैया भरिएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगंज, विर अस्पताल, पाटन अस्पताललगायतका सरकारी अस्पतालको आईसियु, भेन्टिलेटर र एचडियुमा अहिले विरामीको चाप बढेको छ ।

उपत्यकाका तिन जिल्लासँगै छिमेकी जिल्लाहरु नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, र रसुवाबाट पनि कोरोना संक्रमतिहरु उपचारको लागि काठमाडौं आउने गरेका छन् ।

पछिल्लो समय नेपालमा मृत्युदर पनि बढ्दै जान थालेको छ । लकडाउन खुकृुलो भएसँगै कोरोना ह्वात्तै बढेको हो ।

प्रतिक्रिया दिनुहोस्