नियुक्तिपत्र लिएलगत्तै कुलमानले गरे पदबहाली, गरे कर्मचारीहरुले भव्य स्वागत

काठमाडौं , २७ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।

बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

साथै स्वागत कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई धन्यवाद दिएका थिए ।

घिसिङले बुधबारै नियुक्तिपत्र बुझेका थिए । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्