१६ सय रुपैयाँ धरौटी बुझाउन नसक्दा एक युवक काराकार चलान

काठमाडौं, साउन २७ । दाङमा एक हजार ६ सय रुपैयाँ धरौटी बुझाउन नसक्दा एक युवक कारागार चलान भएका छन् । प्रशासनले तोकेको १६ सय रुपैयाँ धरौटी बुझाउन नसकेपछि घोराही उपमहानगरपालिका वडा नं। १० जलौर निवासी देबबहादुर चौधरीका १९ वर्षीय छोरा रूपेश चौधरी कारागार चलान भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार साउन १३ गते जिल्ला प्रशासन कार्यालयले रूपेशविरुद्ध प्रहरीसँग बादविवाद गरेको आरोपमा मुद्दा चलाइएको थियो । साउन २५ गते उनलाई प्रशासनले १६ सय रुपैयाँ धरौटी तोकेको थियो ।

तर, उनले धरौटी बुझाउन नसकेपछि दैनिक तीन सय रुपैयाँ कट्टा हुनेगरी साउनको २५ गतेदेखि लागु हुने गरी उनलाई कारागार चलान गरिएको जिल्ला प्रशासन कार्यालय दाङका नायव सुब्बा कुबेरजंग खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्