थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं, साउन २७ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ ।

१६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९०७ र एन्टिजेनबाट ५ हजार ७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २६१६ र एन्टिजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् भने थप ३० जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ३१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्