भारतमा गुडिरहेको बसमा पहिरो खस्यो, ५० भन्दा बढी यात्रु पुरिए, उद्धार जारी

काठमाडौं, साउन २७ । भारतमा गुडिरहेको बसमा पहिरो खसेको छ ।

भारतको हिमाचल प्रदेशअन्तर्गत सिमला–किन्नौर राष्ट्रिय राजमार्ग–५ को ज्युरी रोडको निगोसारी र चौराबीच आज दिउँसो गुडिरहेको बसमा अचानक पहिरो खस्दा ५० भन्दा बढी यात्रु फसेका भारतीय सञ्चारमाध्यले जनाएका छन्।

अहिलेसम्म १० जनाको उद्धार गरिएको छ भने २ जनाको शव भेटिएको छ । पहिरोमा परी बेपत्ताको संख्याबारे भने विभिन्न भारतीय सञ्चारमाध्यमले फरक फरक तथ्यांक दिएका छन्। कसैले ४०, कसैले ५० त कसैले ६० भनेका छन्।

हरिद्वार गइरहेका एउटा बस, बोलेरो र ट्याक्सीमा चट्टानी पहाडै खसेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्