नेपालमा २९ लाखले लगाए पूर्ण मात्रा खोप, कुन प्रदेशमा कति ?

काठमाडौं, साउन २९ गते ।कोरोना महामारीले विश्व नै आक्रान्त छ । विगत दुई वर्ष देखि विश्व यस भाइरससँग लडिरहेको छ । धेरैले अकालमै ज्यान गुमाए भने कयौ संक्रमित छन् । पहिलो संक्रमणको लहर सकिएर अहिले दोस्रो लहर चलीरहेको छ । यसै क्रममा विभिन्न देशले खोप उत्पादन गरे । अहिले विश्वका धेरै देशमा यो अभियान चलीरहेको छ ।

यता नेपालमा पनि खोप अभियानलाई तिब्र बनाएको छ । कोभिड–१९ को पहिलो मात्रा खोप लिने मानिसको सङ्ख्या दोब्बर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कुल ४५ लाखले कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएका छन् भने २९ लाख २२ हजार २४० जनाले पूर्ण डोज प्राप्त गरिरहेका छन् ।

राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा। झलक शर्मा गौतमले करिब ४५ लाख ९३ हजार हजार ५२६ जनाले खोपको पहिलो मात्रा पाएको बताउनुभयो । नेपालमा तीन प्रकारको खोप सञ्चालन भइरहेको छ । जसमा कोभिशिल्ड, जोन्सान एण्ड जोन्सन र भेरोसेल खोप सञ्चालमा छ । बिहीबारसम्म २९ लाख २२ हजार २४० जनाले खोपको पूर्ण मात्रा प्राप्त गरिसकेका छन् ।

बिहीबारसम्म छ लाख २३ हजार ४०२ जनाले कोभिशिल्डको दोस्रो डोज लगाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ५८३ जनाले कोभिशिल्ड दोस्रो डोज लिएका छन् । कोभिशिल्डको पहिलो मात्रा लिनेमा १८ हजार ६८ हजार ४२५ जना छन् ।

त्यस्तै २७ लाख २५ हजार १०१ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने १० लाख ८३ हजार ४०३ जनाले दोस्रो मात्रा प्राप्त गरिसकेका छन् । साथै १२ लाख १५ हजार ४३५ जनाले जोन्सन एण्ड जोन्सनविरुद्धको खोप लगाएका छन् ।

कुन प्रदेशमा कति ?

प्रदेश १ मा तीन लाख ४८ हजार २२९ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् भने ७२ हजार ६६५ जनाले दोस्रो मात्रा लगाएका छन् । त्यस्तै प्रदेश १ मा एक लाख ६२ हजार १३२ जनाले जोन्सन खोप लगाएका छन् ।

प्रदेश २ मा भेरोसेलको पहिलो मात्रा एक लाख ५९ हजार ३५९ जनाले र ६० हजार ८७१ जनाले दोस्रो मात्रा लगाइसकेका छन् । त्यस्तै दुई लाख ४३ हजार १६० जनाले जोन्सन खोप लगाइसकेका छन् ।

बागमती प्रदेशमा १२ लाख १३ हजार ९४५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् भने छ लाख ८२ हजार २२८ जनाले दोस्रो मात्रा लिएका छन् । बागमती प्रदेशमा तीन लाख १३ हजार १४८ जनाले जोन्सन खोप लगाइसकेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा सात हजार ९२ जनाले कोभिशिल्डको दोस्रो मात्रा लगाएका छन् । हालसम्म बागमती प्रदेशमा दुई लाख ७८ हजार ११४ जनालो कोभिशिल्डको दोस्रो मात्रा डोज लगाइसकेका छन् ।

गण्डकी प्रदेशमा दुई लाख ६३ हजार चार सय जनाले भेरोसेलको पहिलो मात्रा लिएका छन् । साथै ७९ हजार ४१३ जनाले दोस्रो मात्रा लगाएका छन् । गण्डकी प्रदेशमा जोन्सन खोप ९९ हजार १५ जनाले लगाएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा चार हजार ७२२ जनाले कोभिशिल्डको दोस्रो मात्रा लगाएका छन् भने ६३ हजार ५४६ जनाले दोस्रो डोज लिएका छन् ।

लुम्बिनी प्रदेशमा तीन लाख ८२ हजार ९०६ जनाले भेरोसेल खोपको पहिलो मात्रा लिएका छन् भने एक लाख २९ हजार ७९० जनालो दोस्रो मात्रा लिएका छन् । त्यस्तै दुई लाख ४३ हजार ४१४ जनालो जोन्सन खोप लगाएका छन् । यस प्रदेशमा कोभिशिल्डको दोस्रो डोज लिनेको सङ्ख्या एक लाख ३१ हजार ६६ रहेको छन् । साथै पछिल्लो २४घण्टामा ११ हजार ९४९ जनाले दोस्रो मात्रा लिएका छन् ।

कर्णाली प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लिनेमा एक लाख २३ हजार ८८७ जना रहेका छन् भने दोस्रो मात्रा लिनेमा २२ हजार २१३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै ४२ हजार ३३८ जनाले जोन्सन खोप लगाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाख ३३ हजार ३७५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार २२३ जनाले दोस्रो मात्रा लगाएका छन् । त्यस्तै एक लाख १२ हजार १७८ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै यस प्रदेशमा ४१ हजार ८५८ जनाले कोभिशिल्डको दोस्रो मात्रा लिएका छन् । जसमा पछिल्लो २४ घण्टामा १८ सय २० जनाले दोस्रो डोज लगाएका छन् ।

यसैगरी स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म छ लाख २३ हजार ४०२ जनाले कोभिशिल्डको दोस्रो मात्रा लगाएका छन् ।

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका १३ लाख ३८ हजारभन्दा बढी ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेदेखि खोपको दोस्रो मात्रा लगाइदै छ । जसमध्ये अहिलेसम्म बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोभिशिल्डको दोस्रो मात्रा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्