कोरोनाबाट २७ जनाको मृत्यु , थप ३ हजार ९ सय १५ जनामा संक्रमण पुष्टि

काठमाडौं , साउन २९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१८ हजार ५८२ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको कोरोनाले मृत्यु भएको छ भने सोहि अवधिमा २ हजार ११८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्