प्रदेश २ का प्रदेश प्रमुख झा पदमुक्त, हरिशंकर मिश्र सिफारिश

काठमाडौं, साउन ३२ । सरकारले प्रदेश २ को प्रदेश प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख झालाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

झालाई केपी शर्मा ‌ओली नेतृत्वको सरकारले गत फागुन ७ गते तत्कालिन प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्