त्रिवि शिक्षण अस्पतालमा कोभिड—१९ का बिमारिको चाप बढ्डो क्रममा

काठमाडौं ,३२ साउन । त्रिवि शिक्षण टिचिङ अस्पताल महांराजगञ्जमा कोरोनाभाइरस कोभिड—१९ संक्रमित गम्भीर खालका बिरामीको चाप बढ्न थालेको छ ।
सरकारले कोरोना महामारीको तेस्रो लहर आउने प्रक्षेपण गरिसकेको छ । त्रिवि शिक्षण अस्पतालमा भने शनिबारदेखि कोभिडका बिरामीलाई भनि छुट्याइएको बेड भरिन थालेको आईओएमका सहप्राध्यापक तथा छाती रोग विशेषज्ञ एवम् कोभिड संयोजक डा.निरज बमले बताए का हुन् ।
बिरामीको चाप बढ्न थालेपछि इमरजेन्सीमा उपचाररत बिरामीलाई केही सहज हुनासाथ अक्सिजनसहित जनरल बेडमा सार्न थालिएको छ । डा. बमकोले ‘कोभिड भइ अस्पतालमा भर्ना भएकालाई हल्का निको भएपछि घरमै आरामका लागि पढाएको र ‘इमरजेन्सी वार्डमा उपचाररत बिरामीलाई केही सहज हुनासाथ अक्सिजनसहित सामान्य वार्डमा सार्ने गरेको जानकारी दिनुभयो ।
पहिलो लहरमा वृद्धवृद्धा बढी प्रभावित थिए भने दोस्रो लहरमा वृद्धवृद्धासँगै दीर्घरोगी बढी प्रभावित भएका थिए । अस्पतालमा हाल भर्ना भएका बिरामीको तुलनात्मक रुपमा युवा पिँढीको संख्या धेरै रहेको उनले सुनाए । सरकारले तेस्रो लहर आउने संकेत गरिरहँदा बालबालिका बढी प्रभावित हुने विज्ञहरु बताउँछन् । त्रिवि शिक्षण अस्पतालमा हालसम्म कोभिड–१९ संक्रमित बालबालिकाको भर्ना दर बढेको छैन । तर, संक्रमित बिरामी बढ्न थालेपछि आइसियू र भेन्टिलेटर भरिन थालेको अस्पतालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्