आज सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं, भदौ ४ । शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सयले बढेर प्रतितोला ९१ हजार २०० मा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोला ९० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्