कोरोनाबाट आज एकैदिन ४४ जनाको मृत्यु, थप २ हजार ४८२ जनामा संक्रमण पुष्टि

काठमाडौं, भदौ ९ । कोरोनाभाइरस संक्रमणबाट आज एकैदिन थप ४४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७८१ जना निको भएका छन् ।यता यस्तै काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म १० हजार ६१२ जनाको मृत्यु भएको छ । यता अरुदिन भन्दा आज कोरोनाबाट एकाएक ठुलो संख्यामा संक्रमितहरुको ज्यान गएको छ । पछिल्लो समय मृत्युदर र संक्रमणदर बढ्दै जान थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्