जसपा एक साताभित्रै सरकारमा जान्छ : डा.बाबुराम भट्टराई

काठमाडौं, भदौ ९ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले जसपा एक हप्ताभित्रै सरकारमा जाने बताएका छन् । तराई–मधेश र पहाडको प्रतिनिधित्व हुने गरी समावेशी आधारमा पार्टी सरकारमा सहभागी हुने उनले बताए ।

जसपाले थालेको पार्टी सुदृढीकरण एवम् जनजागरण अभियान अन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

जसपा नयाँ विचार र एजेण्डासहितको वैकल्पिक शक्तिको उदय निश्चित भएको उनको भनाइ रहेको थियो ।महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी पनि बाबुराम गरे। उनीहरुलाई खाने बेला अभागीलाई रिस उठे जस्तै भएको व्यंग्य गर्दै उनले यस्तो बताएका हुन् ।

जसपा बाहेक कुनै राजनीतिक शक्तिले मुलुकलाई सही निकास दिन नसक्ने दाबी गर्दै उनले आगामी निर्वाचनबाट उत्साहजनक मत पाएर बलियो शक्तिको रुपमा उभिने विश्वास व्यक्त गरे ।

भदौ १ र २ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार सातै प्रदेशमा शुरु भएको पार्टी सुदृढीकरण र जनजागरण अभियानले जसपालाई एउटा नयाँ उचाइमा पुर्‍याउने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्